Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागढुङ्गाबाट लागुऔषधसहित चार पक्राउ


  • आइतबार, चैत्र ३ २०७५

  • नागढुङ्गाबाट लागुऔषधसहित चार पक्राउ


    काठमाडौँ -प्रहरीले काठमाडौँको नागढुङ्गाबाट शनिबार लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुका परिमोल तामाङ र सुशील श्रेष्ठ तथा रौतहटका कोमल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुका साथबाट अवैध लागुऔषध डाइजेपाम, फेनारगन र नुरफ्रिन गरी ९९ एम्पुल बरामद् गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

    आजै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा५ख ६०९५ नंको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार काठमाडौँ साँखु लप्सीफेदीका शम्भु स्याङ्बोलाई पनि सोही ठाउँबाट लागुऔषधसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।

    उनको साथबाट लागुऔषध नाइट्राभेट ११५ थान र डाइजेपाम, फेनारगन र नुरफ्रिन ९८ एम्पुल बरामद् गरी गरिएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij