Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्मलामा होमस्टेको शुरुवात, गण्डकी प्रदेशमा विकासको जागरण आएको छ– मुख्यमन्त्रि गुरुङ


  • बुधबार, फाल्गुन २९ २०७५

  • अर्मलामा होमस्टेको शुरुवात, गण्डकी प्रदेशमा विकासको जागरण आएको छ–  मुख्यमन्त्रि गुरुङ


    पोखरा – पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला कोटमा होमस्टेको शुरुवात गरिएको छ । सो कार्यको एक समारोहका विच शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले गण्डकी प्रदेशमा बिकासको जागरण आएको बताएका छन ।
    गण्डकी प्रदेश होमस्टे संचालन भइरहेको गाउँहरुको स्वर्ग भएको उल्लेख गर्दै मुख्य मन्त्रि गुरुङले भने–“होमस्टे गरिबी निवारण र स्वरोजगार बढाउन सहयोग पु¥याएको छ ।” आफ्नो थाक थलोमामा बसेर स्वरोजगार बन्दा गाउँनै गुल्जार मात्र बनेको छैन गाउँ छोडेर विदेश गएकाहरुलाई अहिले गाँउ सम्झेर बाडुल्की लाग्न थालेको उल्लेख गर्दै उनले भने–“प्रकृतीले दिएको बरदानलाई समृद्धी तर्फ अगाडी बढाउन र संस्कृतीको जर्गेना गर्दै अघि वढ्नुपर्छ ।”



    पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला कोट तस्विरः प्रेम गुरुङ


    प्रदेश सरकारमा अहिले न्यूनतम ३ सय होमस्टे संचालन गर्ने लक्ष्य लिए पनि अहिले २ सय ३८ होमस्टेका लागि निवेदन परेको मुख्य मन्त्री गुरुङले जानकारी दिए । प्रदेश सरकारले हाल छनौटमा परेका होमस्टेका लागि १० लाखका दरले बजेट विनियोजित गरिएकोमा अहिले ४ लाखका दरले उनीहरुलाई उपलव्ध गराउने बताउँदै उनीहरुलाई आवश्यक तालिम लगाएत कुराहरुमा विशेष रुपले ध्यान पु¥याइने समेत बताउँदै अर्मलाबासीलाई उद्धघोष गर्दै भने–“पूर्वाद्धार बनाउने काम सरकारको हो पैसा कमाउने काम तपाँइहरुको ।”
    कार्यक्रममा मुख्यमन्त्रि गुरुङले खे पना प्रतिष्ठान द्वारा करिब १ करोडको लागतमा निर्मित खे पना स्मृती बहुउद्धेश्यिय सामुदायिक तथा सांस्कृतिक भवनको समेत उद्घाटन गरेका थिए । उक्त भवनलाई होमस्टेको स्पमा समेत अघि बढाउन ५ वटा आधुनिक कोठाहरु बनाइएका छन । जहाँ १० जना आराम संग रात विताउन सक्नेछन भने गाउँमा अन्य ५ घरलाई होमस्टेको रुपमा अघि बढाइएको छ ।


    सो अबसरमा बोल्दै गण्डकी प्रदेश सांसद कृष्ण थापाले गण्डकी प्रदेश सरकारले प्रत्येक जनताको आय ५ वर्षमा ५ हजार डलर पु¥याउने लक्ष्यका लाथ अगाडी बढिरहेको बताउदै अर्मलाको सडकलाई सुधार गर्न सिआईआरपि परियोजना अन्र्तगत काम अघि बढाउने बताए । कार्यक्रममा प्रदेशका अर्का सासंद बिन्दु कुमार थापाले अर्मलाको सडकलाई जिर्णोद्धार गर्न सके यस क्षेत्रको कायापलट गर्न सकिने बताउँदै अर्मलालाई कृषी पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिने उल्लेख गरे ।


    खे पना प्रतिष्ठानका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाका वडा नं १६ का अध्यक्ष जिवन प्रसाद आचार्य, खे पना प्रतिष्ठानका सचिब दिल बहादुर गुरुङ, सह सचिब तेज गुरुङ, पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक नरेश गुरुङ, शशस्त्र प्रहरीका पूर्व डिआइजी खोज बहादुर गुरुङ, पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्र बहादुर गुरुङ, अर्मला गाउँ पर्यटन प्रवद्र्धनकी अध्यक्ष बबिता गुरुङ लगाएतले सम्वोधन गरेका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । कार्यक्रममा अर्मला स्थित अन्नपूर्ण माबीका शिक्षक विष्णु पौडेलले हालै हेलिकप्टर दुर्घटनामा दिवंगत भएका स्वर्गिय संस्कृती, उड्ययन तथा पर्यटन मन्त्रि रबिन्द्र अधिकारीको सम्झानामा सिर्जना गरेको गित पनि अनावरण गरिएको थियो ।


    खे पना अर्मलामा कास्कीको सिक्लेश बाट आएर मानव वस्ती बसालेका व्यक्ति हुन । खे पनाका सन्तान मध्ये एक पृथ्बी नारायण शाहका शासनकालमा कप्तान बंशु गुरुङले बिसं १८२४ मा नेपाल कब्जा गर्न खोज्ने अंगेजलाई सिन्धुलीगढीमा पराजित गर्दै पछि हट्न वाध्य पारेका थिए । उनको त्यो पराक्रम पछि विर्ता पाएर तनहुँ हालको भानु नगरपालिका ५ मा बसाई सराई गरेका थिए ।
    पोखराको तत्कालिन सोल्जियर्स बोर्ड हाई स्कुल हालको अम्बर सिंह माबी र सोल्जियर्स वोर्ड हस्पिटल हालको पश्चिमाञ्चल स्वास्थ विज्ञान प्रतिष्ठानको स्थापना गर्न तथा काहुँ डाडाको प्रशिद्ध भ्यू टावर निर्माण गर्न भूमिका प्रमुख खेलेका थिए भने पूर्व राज्य मन्त्रि तथा अञ्चलाधिश लक्ष्य बहादुर गुरुङ पनि अर्मलाकानै हुन । उनी विकासप्रेमी नेता तथा अञ्चलाधिशको स्पमा परिचित छन ।
    पोखराको नजिक रहेर पनि बिकास नभएर रुकुम रोल्पाको उपमा बोकेको अर्मला पोखरा महानगर पालिकाको वडा नं १६ मा अवस्थित छ । अर्मलामा गुरुङ लगाएत अन्य जात जातीहरुको बसोबास छ भने यहाँको शक्ति पिठ निकै प्रशिद्ध छ । यहाँ बाट पोखराको सुन्दर मनोरम दृष्य लगाएत उत्तर तर्फका हिम ऋंखलाहरु प्रष्ट संग अवलोकन र्गन सकिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij