Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट


  • शुक्रबार, फाल्गुन २४ २०७५

  • वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट

    काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको काठमाडौंको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।
    शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

    विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
    महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij