Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दोलखामा सिटिजन लाइफको नयाँ शाखा


  • बिहिबार, फाल्गुन २३ २०७५

  • दोलखामा सिटिजन लाइफको नयाँ शाखा

    काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ ।

    सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्कर राज पन्त लगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    व्यवसाय शुभारम्भ देखि बीमितहरुको स्वास्थ्य उपचारमा विशेष सेवा योजना स्वरुप “घातक रोग उपचार” सेवा सहितको बीमा योजना सार्वजनिक गर्ने पहिलो नेपाली कम्पनीको रुपमा आएको ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न गरेकोे हो ।

    उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

    यस सम्झौताले कम्पनीसंग आवद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij