Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनताले चाहेको गतिमा सरकारले काम गर्न सकेन – अध्यक्ष दाहाल


  • मंगलबार, फाल्गुन १४ २०७५

  • जनताले चाहेको गतिमा सरकारले काम गर्न  सकेन – अध्यक्ष दाहाल

    गोरखा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाइको सरकारले गरेका कामप्रति जनताले प्रश्न उठाएको बताएका छन्।
    गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले जनताले दुई तिहाइको सरकारले छिटोछिटो विकास निर्माणका काम र भ्रष्टाचार नियन्त्रण गर्ने अपेक्षा गरे पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको गुनासो आएको बताए।
    चुनावका बेला मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्‍याउने भने पनि त्यो पूरा गर्न नसकेकोमा दाहालले आत्मआलोचना गरेका छन्।
    ‘हामीले वृद्धभत्ता मासिक पाँच हजार पुर्‍याउँछौं भनेका थियौं। बाआमालाई विश्वास लागेको थियो। हामीले कस्सिएरै भनेका थियौं पुर्‍याइछाड्छौं भनेर,’ अध्यक्ष दाहालले भने, ‘यो पटक पुर्‍याउन सकिएन। त्यसकारण हाम्रा बाआमालाई त्यति मीठो लाग्या छैन।’
    ‘जुन गतिको साथ विकास निर्माण होला। फटाफट काम होला। भ्रष्टहरूमाथि छिटोछिटो कारबाही होला। सुशासन होला भन्ने सोचेको हो त्यसो भएन भन्ने गुनासो छ,’ दाहालले भने, ‘अब बन्ने बजेटमा सुधार्छौं।
    जनताले चाहेको गतिमा सरकारले काम गर्न नसकेको पनि उनले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij