काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ ।
मंगलबार दिउँसो २ बजेका लागि सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
समितिमा १५ जना सदस्य रहेकोमा सत्तारुढ दल नेकपाका ९ जना सांसद रहेका छन् । समितिको बैठकमा कोरम पुग्न ८ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्नेछ ।
मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आईतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।
मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेकपाका सबै सांसदहरु उपस्थित नभएका कारण स्थथित गरिएको छ ।
यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका ४ जना सांसदहरुले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ती आयोगहरुको पदाधिकारी सिफारिस गरेकाले मान्य नहुने भन्दै समितिको बैठक बहिष्कार गर्दै आएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
