Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामना सेवा विकास बैंककोे शाखा सर्लाहीकोे हरिवनमा


  • मंगलबार, फाल्गुन १४ २०७५

  • कामना सेवा  विकास बैंककोे  शाखा सर्लाहीकोे हरिवनमा

    काठमाडौं–कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका ११मा ६७ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

    बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij