Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय वाणिज्य बैंकको शाखा मोरङको मधुमल्लामा


  • आइतबार, फाल्गुन १२ २०७५

  • राष्ट्रिय वाणिज्य बैंकको शाखा मोरङको मधुमल्लामा

    काठमाडौँ– राष्ट्रिय वाणिज्य बैकले मोरङ जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९  मधुमल्लामा शाखा कार्यालय स्थापना गरेको छ ।
    उक्त शाखाको नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा.रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार उद्घाटन गरेका छन् ।
    प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij