Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जापानीज प्रबिधिबाट उत्पादित श्री स्टील टीएमटी छड बजारमा


  • शुक्रबार, फाल्गुन १० २०७५

  • जापानीज प्रबिधिबाट उत्पादित श्री स्टील टीएमटी छड बजारमा

    काठमाडौं– केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजले संयुक्त रुपमा स्टील टीएमटी उत्पादन शुरु गरेका छन् ।
    कम्पनीका अनुसार श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो भुकम्प प्रतिरोधी छ । साथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्च शक्ति छ।
    ‘८को दम’ अभियान र सिद्ध प्रविधिको शक्ति नाराका साथ पत्रकार रबि लामिछानेलाई आबद्ध गरि बजार प्रवेश गरेका कम्पनीले जर्नाएको छ।
    श्रीको उत्पादन क्षमता प्रति घण्टा ४० टन रहेको छ भने दैनिक ८०० टन उत्पादन हुने गर्दछ । यो स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड रहेको कम्पनीको दाबी छ।
    यो प्रविधि उच्च गुणस्तरयुक्त स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्ट्यान्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो । नेपाल निर्माणको यस महान अभियानमा श्री स्टील एक कोषे ढुंगा सावित हुनेमा र हरेक निर्माण मजबुत हुनेमा विश्वस्त रहेको कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij