काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित धादिङ बसपार्क बालाजुमापार्किङ गरी राखेको बा.३ ख ८९३१ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-३ बस्ने ३७ वर्षीयरामकृष्ण सेडाई समेत ५ जनालाईनगद ४४ हजार ९ सय ३५ रुपैयाँ र १ बुक तास सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, तार्केश्वर नगरपालिका-८ जरंखु गैरीगाँउस्थितगोपाल तामाङ्गको मसला उद्योगमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट चोगते गाउँपालिका-१ घर भएका २० वर्षीय युनिक मगर समेत ५ जनालाई१ बुक तास र नगद १० हजार रुपैयाँ सहितबुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
