काठमाडौं,– काठमाडौं गौशालाबाट मोटरसाइकल चोरी गरेको अभियोगमा नुवाकोट घर भएका २२ वर्षीय सुरेश अधिकारी र मोरङ घर भएका २४ वर्षीय निश्चल रेग्मीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-९ विजय चोकबस्ने ताप्लेजुङ्का नरबहादुर राईको बा.४२ प ९७५५ नम्बरको मोटरसाइकल विजय चोकबाट हराएको भनी महानगरीय प्रहरी वृत्त गौशालामा खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल डोर्योएर हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
