Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवैध लागूऔषध सहित ६ जना पक्राउ


  • बिहिबार, फाल्गुन ९ २०७५

  • अवैध लागूऔषध सहित ६ जना पक्राउ

    काठमाडौं– काठमाडौं र बाँकेबाट अवैध लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    काठमाडौं,नागार्जुन नगरपालिका(५ स्वयम्भु छक्डोलबस्ने ईन्द्रबहादुर सुनुवार र काठमाडौं महानगरपालिका(१५ डल्लु बस्ने १९ वर्षीय सुरज बस्नेतलाई करिब २ केजी५० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं महानगरपालिका(५ बस्ने अन्दाजी ४३ वर्षीया साँईली पुतुवारलाई लागूऔषध गाँजा करिब १ केजी सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घरभित्र बोरामा लुकाईछिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं महानगरपालिका(२४ महावौद्धबाट करिब १० ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित वर्दिया राजापुर नगरपालिका(७ घर भएका कैलाश थारुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
    बाँके,खजुरा गाउँपालिका(२ रिमझिम चोकबाट करिब २ सय ३० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही गाउँपालिका बस्ने १७ वर्षीय सिमोन बिकर सोही गाउँपालिका(१ सैनिक बस्ने २६ वर्षीय भिमबहादुरथापालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलेउनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij