Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एलआईसी नेपाल र जानकी फाइनान्स बीच बीमा सेवा सम्झौता


  • बुधबार, फाल्गुन ८ २०७५

  • एलआईसी नेपाल र जानकी फाइनान्स बीच बीमा सेवा सम्झौता

    काठमाडौं–एलआईसी नेपाल र जानकी फाइनान्स कम्पनी लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंह र एलआईसी नेपालको तर्फबाट बित्त विभाग प्रमुख विपिन कुमार लालले हस्ताक्षर गरेका छन् ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सिंह ले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट प्रदान गर्ने बताएका छन् ।

    कार्यक्रममा एलआईसी नेपालका बित्त विभाग प्रमुख श्री विपिनकुमार लालले जानकी फाइनान्समार्फत जीवन बीमा सेवा दिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

    कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जीवन बीमा लिन चाहने ग्राहकले ढुक्कका साथ जानकी फाइनान्स कम्पनीमार्फत बीमा पोलिसी लिन आग्रह गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij