Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेगा बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा २० प्रतिशत छुट


  • शुक्रबार, फाल्गुन ३ २०७५

  • मेगा बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा २० प्रतिशत छुट

    काठमाडौं– मेगा बैंक नेपाल र ब्लुक्रस अस्पतालमा विच मेगा बैंकका सम्पुर्ण ग्राहकलाई ७ देखि २० प्रतिशतसम्म छुट दिने सम्झैता भएको छ ।
    उक्त सम्झौतामा मेगा बैंक नेपालको तर्फबाट सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij