Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामना सेवा विकास बैंकको सिइओमा बस्नेत नियुक्त


  • बिहिबार, फाल्गुन २ २०७५

  • कामना सेवा विकास बैंकको सिइओमा बस्नेत नियुक्त

    काठमाडौं– कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् ।
    बैंककोे सञ्चालक समितिको बैठकले चार्टर्ड एकाउन्टेन्ट समेत रहेका बस्नेतलाई सिइओमा नियुक्त गरेको हो । बस्नेतसँग १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । उनी ०७५ साल भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।
    २०७५ साल मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए ।
    काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फतप्रदानगर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij