कञ्जनपुर–आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा संचालनमा आएको छ । उक्त शाखाको कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । अध्यक्ष ढकालले इन्स्योरेन्सको यो शाखा सहित ४४ वटा शाखा तथा उपशाखा ११ वटा सेवा काउण्टरहरु संचालनमा आएको र सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्दै जाने बताए ।
अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने जानकारी दिए । आगामी दिनमा अफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ठ ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
