Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुमारी बैंंकको भिसा क्रेडिट कार्ड अब थ्रीडी सेक्युरमा


  • मंगलबार, माघ २२ २०७५

  • कुमारी बैंंकको भिसा क्रेडिट कार्ड अब थ्रीडी सेक्युरमा

    काठमाडौं–कुमारी बैंकका भिसा क्रेडिट कार्ड होल्डरहरुले अब उक्त कार्डबाट सुरक्षित ई–कमर्स कारोबारहरु गर्न सक्ने भएका छन् ।
    थ्री–डी सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा महसुस गर्ने बैंकले जनाएको छ । कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा एसएमएसबाट ‘वान टाइम पासर्वड’ प्राप्त गर्ने छन् ।
    जसबाट कार्ड होल्डरको पहिचान प्रमाणीकरण हुनेछ । अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ्ग लगायतका अतिरिक्त कारोबार गर्न सक्ने छन् ।
    यस सुरक्षा प्रणाली कार्यान्वयन पश्चात् बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ्ग सेवा लगायत अनलाइन कारोबार प्रणालीमा कन्जुमर कन्फिडेन्स बढ्नेमा बैंक विश्वस्त रहेको बताएको छ ।
    यसैगरी, कार्ड होल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको ओटीपी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij