Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अबदेखी नेपाल टेलिकमको प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा


  • मंगलबार, माघ २२ २०७५

  • अबदेखी नेपाल टेलिकमको प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा

    काठमाडौं – नेपाल टेलिकमले प्रिपेडमा पनि अन्तर्राष्ट्रिय रोमिङ शुरु गरेको छ। यस अघि पोष्टपेडमा मात्र दिंदै रोमिङ सेवा दिँदै आएको थियो ।
    टेलिकमले १५ औं वार्षिकोत्सबको अवसरमा प्रिपेडमा पनि परीक्षणका रुपमा रोमिङ सेवा शुरु गरेको हो। पोष्टपेडमा यो सेवा लिनका लागि १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ। तर प्रिपेडमा भने भएकै ब्यालेन्सबाट लिन सकिनेछ।
    नेपाल बाहिर जाँदा पनि यहीको सिमकार्डबाट कुरा गर्न मिल्ने सेवा रोमिङ हो। तत्काल यो सेवा चीन र भारतमा मात्र हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij