Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अख्तियारद्धारा पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • मंगलबार, माघ २२ २०७५

  • अख्तियारद्धारा पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
    तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष समेत रहका न्यौपानेमाथि भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ । पूर्वमन्त्री न्यौपानेसहित परिषदका उपाध्यक्ष प्रमोद मेहता लगायत १४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
    तत्कालीन मन्त्री न्यौपाने र उपाध्यक्ष मेहताको मिलेमतोमा २०६९ साल भदौ रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न अनुमति दिइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij