काठमाडौं– रशलाईट मिडिया प्रालिद्वारा यो बर्षको जाडोलाई छ्ल्न दर्शहरुको लागि यहि माग २६ गते शनिबार भक्तपुर सल्लाघारीमा मन मगन भक्तपुर २०७५ कार्यक्रम आयोजना गर्ने भएको छ । दिपक बज्राचार्यको हालसालै सर्वाधिक लोकप्रिय गित म त आफैं मन मगनले लाखौं दर्शकहरुको मन जित्न सफल भएको थियोे । सर्वाधिक चर्चित उक्त गितका कारण पनि कार्यक्रमको नाम मन मगन भक्तपुर २०७५ राखिएको छ ।
माघ २६ गते मध्याह्न १२ बजे देखि सुरु हुने उक्त कार्यक्रममा विभिन्न बिधाहरु, र्याम्प शो, गित, डान्स,डिजे सेक्सन र लाईभ ब्यान्ड रहनेछ । दर्शकहरुलाई,रमाउन,झुमाउन,अनि लठ्याउनको लागि दिपक बज्राचार्य संगै रिदम ब्यान्ड,चर्चित मोडलहरु,गायक गायिका,तथा अहिलेको युवा पुस्ताले मन पराउने डिजे सेक्सन नेपालका चर्चित डिजे तामाले दर्शकहरुलाई नचाउने आयोजक संस्थाकी अध्यक्ष गायिका एंव मोडल रमिता भण्डारीले जानकारी दिइन । यस कार्यक्रमको अर्को बिशेषता भनेको हालै सम्पन्न भएको बिश्व बडि बिल्डिङ्ग प्रतियोगितामा नेपाललाई विश्व सामु चिनाई स्वर्ण पदक दिलाई बिजेता बनी ईतिहास राख्न सफल महेश्वर महर्जनलाई सम्मान गरिने जानकारी अध्यक्ष भण्डारीले बताइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
