काठमाडौं– संघीय संसद भवन नयाँ वानेश्वर परिसरमाबाट मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनबाट ९ जना महिलासहित ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनबाट समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेमा पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा। गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आरसी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिमबहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा र सुजन पुडासैनी रहेका छन् ।
प्रदर्शनमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र डा।गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो ।
धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो, नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार, साढे चार अरब भ्रष्टाचार, डा.केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार , मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए ।
गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
