Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता


  • बुधबार, माघ १६ २०७५

  • सन नेपाल लाइफ इन्स्योरेन्स  र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता

    काठमाडौं– मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
    उक्त सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    अब सम्झौता अनुसार बैंकका देशभरिका १ सय २ शाखाबाट जीवन बिमाका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।सम्झौतापछि बैंकबाट सन नेपाल लाइफमा जीवन बिमा गर्न ग्राहकलाई सुविधा हुने बैंकले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij