दाङ- दाङमा मंगलबार बेलुकी भएको सवारी दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा नेपालगञ्जबाट घोराहीतर्फ जाँदै गरेको ना ५ ख २७९९ नम्बर बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १२८२ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा बस चालक बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षीय सन्तोष विक र ट्रक चालक बैतडी पाटन नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय रामसिंह पन्त गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये अन्य सबै बसका यात्रु हुन भने भने एकजना ट्रकका सहचालक सामान्य घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरूको नेपालगञ्ज, कोहलपुर र लमही अस्पतालमा उपचार भइरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
