Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री निवास बालुवाटार अगाडि सिठी जुलुस गर्ने नेविसंघका कार्यकता पक्राउ


  • मंगलबार, माघ १५ २०७५

  • प्रधानमन्त्री निवास बालुवाटार अगाडि सिठी जुलुस गर्ने नेविसंघका कार्यकता पक्राउ

    काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिठी जुलुस निकालेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
    नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले आफ्ना नेताहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटन गर्न लागेको, डाक्टर केसीका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको, छ महिना हुँदा पनि निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई सरकारले कारबाही नगरेको विरोधमा नेविसंघले सिठी जुलुस गरेको हो।
    २१ जना नेविसंघलाई प्रहरीले बालुवाटारको ३ नम्बर गेटबाट मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमा प्रर्दशन गरेकोले पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij