Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण


  • सोमबार, माघ १४ २०७५

  • चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण

    काठमाडौं–कोटेश्वर–कलंकी सडक विस्तार गरी चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
    प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत यू यान्छीले सडक विस्तार गरी आज ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेकी हुन्।
    चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो। करिब ५ अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
    प्रधानमन्त्री ओलीले सो सडक खण्डको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे।
    चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु्र्‍याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गरे।
    उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पारे।

    कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij