Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघद्धारा सरकारविरूद्ध प्रदर्शन


  • आइतबार, माघ १३ २०७५

  • नेविसंघद्धारा सरकारविरूद्ध प्रदर्शन

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले केपी शर्मा ओली सरकारको विरोधमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ।
    आइतबार बिहान त्रिचन्द्र कलेज अगाडि र पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघले जनाएको छ।
    नेविसंघले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको, डाक्टर गोविन्द केसीले राखेका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक ल्याएकोमा विरोध गरेको हो।
    यस्तै, नेविसंघ ग्रामीण आदर्श र एनआर कलेजले पनि सरकारविरूद्ध नाराबाजी गरेको छ।
    नेविसंघका पवन थापा, सन्तोष गुरुङ, उत्तम पाठक, किरण भट्टराईलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बालाजु वृत्तमा राखेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij