काठमाडौं– सिभिल बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् ।
अबसिभिल बैंकका देशभरका ७१ शाखाबाट जनरल इन्स्योरेन्सका सबै बिमा सेवासम्बन्धी सुविधा लिन सकिने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । सिभिल बैंकले यसअघि पनि विभिन्न निर्जीवन तथा जीवन बिमा कम्पनीसँग बैंकास्योरेन्ससम्बन्धी सम्झौता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
