Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अबैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुई भारतिय पक्राउ


  • बुधबार, माघ ९ २०७५

  • अबैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुई भारतिय पक्राउ

    काठमाडौं अबैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२६ सामाखुसी सरकारीधारा रोममार्ग वस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    सुनसरी धरान नगरपालिका(१९ जिमिचोक स्थायी वतन भएका काठमाडौं महानगरपालिका(२६ बस्ने ३३ वर्षीय संजिप राईले भाडामा लिएको उक्त घरको १ कोठामा अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त कार्य संचालन गर्ने उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
    उनीहरूबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टीपल्क १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको छ ।
    अन्तर्राष्ट्रिय भिओआइपी कल चीन मार्फत ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य संचालन गर्ने योजनामा उनीहरू रहेको हाल खुल्न आएको छ ।
    उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij