काठमाण्डौं- शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत दोस्रो चरणमा १२० जना विजेता छनौट भएका छन्।
हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाण्डौं, देव दर्शन यात्राको लागि दोस्रो चरणमा ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जनाको नाम लक्की–ड्र मार्फत छनौट गरिएको हो।
शिवम् सिमेन्टले यहि पुस ५ गते देखि यो योजना ल्याएको हो। जसमा प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार १ सयदेखि १ हजार रुपैयाँसम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो।
यस अघि काठमाण्डौंमा पत्रकार सम्मेलन गरी लक्की–ड्र मार्फत ६० कुपनबाट १२० जना छनौट गरिएको थियो। दोस्रो चरणको लक्की–ड्र नेपाल भरबाट संकलित कुपनहरुका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली बिजेताहरुको नाम सार्वजनिक गरिएको थियो।
जस मध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन्। यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भई सकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको छ।
सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखी काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
