Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिद्धार्थ इन्स्योरेन्सद्वारा थप तीन नयाँ बीमा सेवा


  • शुक्रबार, माघ ४ २०७५

  • सिद्धार्थ इन्स्योरेन्सद्वारा  थप  तीन नयाँ बीमा सेवा

    काठमाडौं–सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतन लाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ भयो ।

    सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा

    महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो । बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घटना बीमा जोखिम बहन गरेको  छ ।

    यसको साथसाथै  बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्था आई परेमा सो सम्बन्धमा आई पर्ने खर्च बहन गर्ने दुर्घटना जन्य कारण –(वाढी,पहीरो,आगलागी, भुईचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिम बहन गर्नेछ । सुत्केरी गराउने सिलसिलामा अपरेशन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरेको छ ।

    सिद्धार्थ पारिवारिक दुर्घटना बीमा

    एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्ष सम्मका सन्तान एकै बीमालेखमा समावेश गर्नेछ । बीमीतको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बीमीतको १८ बर्ष सम्मका दुई वच्चाहरुको दुर्घटना जोखिम वहन गर्ने तथा एक  परिवारलाई एकै बीमालेखले सुरक्षित गर्नेछ ।

    प्रोफेसनल इन्डेम्निटी फर डक्टरर्स एण्ड मेडिकल प्राक्टिस्नर बीमा

    बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले प्रोफेसनल इन्डेम्निटी फर डक्टरर्स एण्ड मेडिकल प्राक्टिस्नर बीमा रहेको छ । यस बीमालेखले प्रचलित अन्य बीमालेख भन्दा फरक ढङ्गले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपूर्ति दिन्छ  । यस कम्पनीले ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवाहरु विस्तार गरी रहेका पनि जानकारी गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij