Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चोरी गरेका सामान सहित ६ जना पक्राउ


  • बिहिबार, माघ ३ २०७५

  • चोरी गरेका सामान सहित ६ जना पक्राउ

    काठमाडौं– काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित सुकुम्बासी टोलबाट चोरी गरेका विभिन्न सामान सहित ६ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाडौं शान्तिनगरस्थित सुकुम्बासी टोल बस्ने नुवाकोट घर भएका १८ वर्षीय शशि तामाङ, सर्लाही करथवा घर भएका १८ वर्षीय सरोज मगर, सोही सुकुम्बासी टोल बस्ने २३ वर्षीय सुमन कलवार, काठमाडौं जोरपाटी बस्ने १८ वर्षीय अजय मगर, ललितपुर ईमाडोल बस्ने रामेछाप घर भएका २५ वर्षीय भानु मगर र काठमाडौं गैरीगाउँ बस्ने सर्लाही घर भएका ४ वर्षीय सुमन माझी रहेका छन् ।
    महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त सुकुम्बासी टोलमा जाँच गर्नेक्रममा उनीहरुलाई नियन्त्रणमा लिई कोठा खानतलासी गर्दा चोरी गरेका सुनको मंगलसुत्र १।५ तोला, ल्यापटप २ थान, विभिन्न कम्पनीको मोबाईल १७ थान र नगद २ हजार ६ सय रूपैया फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij