Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हत्यामा संलग्न अभियुक्त पक्राउ


  • बिहिबार, माघ ३ २०७५

  • हत्यामा संलग्न अभियुक्त पक्राउ

    बाँके– हत्यामा संलग्न रहेका अभियुक्त बाँके राप्तीसोनारी गाउँपालिका(२ राजापुर बस्ने २० वर्षीय युवराज गिरीलाई बर्दिया मदुवन नगरपालिका(३ स्थित थापा जंगलबाट बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    बाँके कोहलपुर नगरपालिका(११ स्थित चौरमा सुर्खेत सिम्ता गाउँपालिका(४ बस्ने २३ वर्षीय दिपकसिंह ठकुरी गत पुस २८ गते घाँटी रेटेको अवस्थामा मृत फेला परेको घटनामा संलग्न अभियुक्त खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले गिरीलाई उक्त जंगलबाट नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली फायर गर्दा उनको वाँया खुट्टाको पिडौलामा लागेर घाइते भएका छन् । उनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको र अवस्था सामान्य रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij