Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उदयपुरको चुहाडेमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा


  • मंगलबार, माघ १ २०७५

  • उदयपुरको चुहाडेमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा

    उदयपुर- ग्लोबल आइएमई बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित चुहाडेमा ११७ औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो शाखारहित बैंकिङ्ग सेवा गाईघाट शाखाको मातहतमा रहने बैंकले जनाएको छ।

    शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सुविधा लिन सकिनेछ।

    कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको बैंकले जनाएको छ

    बैंकका देशभर १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११७ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij