Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना


  • शुक्रबार, पुष २७ २०७५

  • ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

    काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ पुस २६ गते कार्यक्रमको आयोजना गरेको हो ।
    बैङ्कको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता थियो । मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रमको आयोजना गरेको बैङ्कले जनाएको छ ।
    बैंकले देशभर १ सय ३३ शाखा, १ सय ४२ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १५ ओटा राजस्व सङ्कलन काउन्टर र १ सय १६ शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij