Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी विकास बैंकको साधारण सभाबाट १४.२० प्रतिशत लाभांश पारित


  • शुक्रबार, पुष २७ २०७५

  • गण्डकी विकास बैंकको साधारण सभाबाट १४.२० प्रतिशत लाभांश पारित

    काठमाडौं– गण्डकी विकास बैंकले आफ्ना सेयरधनीलाई १४.२० प्रतिशत लाभांश लिने भएको छ ।
    बैंकको ११ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७४–७५ सम्मको संचित मुनाफावाट चुक्तापूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, साधारणसभाले संचालक समितिको आर्थिक बर्ष २०७४र७५ को बार्षिक प्रतिवेदन पास गरेको छ ।
    साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले दिएका थिए । बैंकले आर्थिक बर्ष २०७५र७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप २३ अर्ब ७३ करोड पुर्याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड पुर्याएको छ ।
    हाल बैंकले ७७ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij