Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियामा हुन्डीको होडबाजी


  • शुक्रबार, पुष २७ २०७५

  • अस्ट्रेलियामा  हुन्डीको होडबाजी

     

    सामाजिक सन्जालभरी लिलाम बढाबढ

    अस्ट्रेलियामा मौलाएको हुन्डी ब्यवशाय यतिखेर फेसबुकमा छरपस्ट खुलेआम रुपमा लिलाम बढाबढ रुपमा आउन थालेपछि नेपालमा बसेर अनलाइन र फेसबुक भाइबरको माध्यमवाट हुन्डी चलाइरहेकामाथि प्रहरीकोे निगरानी प्रारम्भ भएको छ ।
    यतिखेर नेपाली समाज भित्र हुन्डीको ठगीको प्रकरणहरु सार्वजनिक भैरहँंदा खुलेआम फेसबुक र सामािजक सन्जालमा आजको रेट र भाउ बढ्यो अनि पैसा पठाउनुहोस सस्तोमा लगायत बिभिन्न काम र सामाजिक नाममा खोलिएको फेसबुक एकाउन्ट मार्फत सार्वजनिक हुँंदा प्रहरीले यसको सुक्ष्म निरीक्षण आरम्भ गरेको हो ।
    नेपालको कानुनमा बर्जित हुन्डी ब्यवशायहरु बिदेशमा बसेर खुलेहाम नेपालमा पैसा पठाउने भन्दै समाजिक सन्जालको खुलेआम दुरुपयोग भैरहेपछि प्रहरीले नेपालमै बसेर भाइबर मार्फत र बिदेशमा बसेर नेपालमा जालो जोडिएको हुन्डीका बिषयमा चासो देखाएको हो ।
    यतिखेर करिब तिन करोड रुपैया अस्ट्रेलीयावाट नेपाल जाने हुँंदा सबै पैसा हुन्डी मार्फत जाने र यसरी समाजिक सन्जालको माध्यमवाट हुन्डी गरेका कारण कयैन ठगिएको घटना समेत सार्वजनिक भएका छन । यस्ता अनेकन घटनाहरु बाहिरिदै गर्दा अस्ट्रेलियाको नम्बरको खुलेआम प्रयोग गरेपछि प्रहरीको आखाँं हुन्डीतर्फ परेको हो ।
    अहिले सिडनीमा करिब एक दर्जन फेसबुके हुन्डीहरु सन्चालनमा छन भने यीनीहरु दिनहुँं खुलेआम फेसबुकमा आजको रेट र सस्तोमा यती र उती भन्दै यहाको नम्बर सहित सम्पर्कको आग्रह गर्दै पोष्ट गर्ने गर्छन । यीनीहरुले फेसबुकमा मार्फत पठाएको पैसा नेपाल नभइ हङकङ र चीनतर्फ जाने गर्छ ।
    मेलवर्नमा भर्खरै एक जना बिध्यार्थी हुन्डीवाट ठगिएपछि एनआरएन समेत यसको विरोधमा उत्रेको थियो । नाम र फोन नम्बर अनि भाइब।र एडरेस राखेरै खुलेआम हुन्डी गर्दा पनि नेपाल प्रहरी भने मुकदर्शक बन्नु नहुने र कारबाहीको दायरा लाउनु पर्ने माग बढेपछि प्रहरी मैदानमा उत्रेको हो । धादीङतिर बसेर हुन्डी चलाउदै आएकी रसिना सिंखडा र नमस्ते रेमिटयान्सको नाममा अस्ट्रेलिया र नेपालमा खुलेआम धन्दा चलाउदै आएकी छिन । उनी नेपाल बस्ने र उनको साथी पवन शाह अस्ट्रेलियामा बसेर हुन्डी चलाउदै आएको एउटा उदाहरण मात्र हुन । यस्ता कयैन हुन्डीवालहरु अस्ट्रेलियामा खुलेआम समाजिक सन्जालको माध्यमवाट निर्वाध रुपमा हुन्डी चलाउदै आएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij