Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित


  • आइतबार, पुष २२ २०७५

  • नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित

    काठमाडौं -नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन् । एसोसिएसनको काठमाडौंमा सम्पन्न १३औँ साधारणसभाले पोखरेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सभाबाट एसोसिएसनको अपाध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल र कोषाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल चयन भएका छन् ।

    एसोसिएसनका निवर्तमान अध्यक्षमा हुलास रेमिट्यान्सका दिवाकर थापा रहेका छन् भने आइपे रेमिटका इन्द्र शर्मा सचिव छन् । यसैगरी, एसोसिएसनको सदस्यमा हिमालयन बैंकका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रवीण अधिकारी र इजी लिंकका दीपेन्द्र खनाल छन् । सबै रेमिट्यान्स कम्पनी संगठित भई आफ्ना समस्या सम्बन्धित निकायसम्म पु-याउने उद्देश्यले ०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij