Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसएमजी हतियार सहित एक पक्राउ


  • मंगलबार, पुष १७ २०७५

  • एसएमजी हतियार सहित एक पक्राउ

    सिराहा – सिराहा गोलबजार नगरपालिका-४ स्थितबाट धनगढीमाई नगरपालिका-११ छपराडी बस्ने ४६ वर्षीय चतुरनारायण चौधरीलाई एसएमजी हतियार १ थान, म्याग्जिन २ थान र ५ राउण्ड गोली सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    २ नं। प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय गोलबजार सिराहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले स।५ प ३७४१ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चौधरीले बोकेको झोलाबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij