काठमाडौं –एनआईसी एसिया बैंकले ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकको सामाजिक सञ्जालअन्तर्गत ‘साथी’नामक बैंकको च्याटबुट सञ्चालनमा ल्याएको छ । यसमा ग्राहकले आफ्नो चाहनाअनुरूपका जिज्ञासाकोे आधिकारिक जवाफ प्राप्त गर्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
