Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चोरी गरिएका विभिन्न सामान सहित ४ जना पक्राउ


  • शुक्रबार, पुष ६ २०७५

  • चोरी गरिएका विभिन्न सामान सहित ४ जना पक्राउ

    काठमाडौं– चोरी गरिएका विभिन्न सामानहरु सहित ४ जनालाई बिहीबार दिउसो महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने काभ्रे फुलबारी घर भएका प्रज्वल तामाङ, काठमाडौं ढल्कु बस्ने रामेछाप घर भएका अनिल तामाङ, काठमाडौं स्वयम्भु बस्ने मकवानपुर पालुङ घर भएका राजिब देउला र काठमाडौं पक्नाजोल बस्ने दोलखा सिंगटी-२ घर भएका निमा तामाङ रहेका छन् ।
    काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकबाट प्रज्वल तामाङ, अनिल तामाङ र राजिब देउलालाई प्रहरीले घर फोर्ने औजार २ थान, फलामको मासु काट्ने हतियार १ थान, पेचकस ३ थान, छिनो २ थान, ल्यापटप १ थान सहित तीनै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनीहरुले निमा तामाङको सहयोगमा विभिन्न स्थानमा घर फुटाई चोरी गरेको सामानहरु काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित तण्डुकार होटलमा लुकाई छिपाई राखेको भन्ने जानकारी दिए पश्चात उक्त होटल तथा निमा तामाङको कोठा समेतबाट चोरी गरिएका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको हो ।
    प्रहरीले उक्त होटल तथा निमा तामाङको कोठाबाट ल्यापटप २ थान, मोबाइल ९ थान, धलौटको मुर्ती १ थान, सुन जस्तो देखिने औठी १ थान, तिलहरी १ थान, चाँदीको पाउजु १ थान, चाँदीको चुरा २ थान, चाँदीको औठी २ थान, चाँदिको सिक्री १ थान,
    क्रमशस्
    मोडेल ५० लेखेको क्याप्सुल ७५ थान, घडी १ थान, पेस्तोल आकारको लाईटर १ थान, लेडिजको सानो हाते ब्याग १ थान र लुगा बोक्ने झोला २ थान बरामद गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij