काठमाडौं– काठमाडौंनागार्जुन नगरपालिका-६ रामकोट सल्लाघारी बस्ने रामकुमार तामाङलाई ५ किलो अवैध लागूऔषध गाँजासहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
उनले लुकाई छिपाई विक्रिवितरणको लागि गाँजा लुकाइछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाटखटिएको प्रहरी टोलीले तामाङको घरबाट उक्त परिमाणको लागूऔषध बरामद गरी पक्राउ गरेको हो ।
दाङराप्ती गाउँपालिका-९ हाँसिपुर बस्ने २७ वर्षीय पूर्णबहादुर घर्ती मगरलाई सोही गाउँपालिका-४ मौरीघाटबाट ४ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर र २.६२ ग्राम गाँजा सहित बुधबार दिउसो पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
