Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाटे बाघको छाला सहित २ जना पक्राउ


  • मंगलबार, मंसिर २५ २०७५

  • पाटे बाघको छाला सहित २ जना पक्राउ

    काठमाडौं– काठमाडौं महानगरपालिका(२६ नयाँबसपार्कस्थित आकासे पुल नजिकबाट संरक्षित वन्यजन्तु पाटे बाघको छाला १ थान सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका(५ का २२ वर्षीय तेज अधिकारी र काठमाडौं जोरपाटी बस्ने दोलखा झ्याकु गौरीशंकर गाउँपालिका(४ का ३४ वर्षीय बिक्रम तामाङ रहेका छन् ।
    महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले अधिकारीको झोलाबाट उक्त छाला बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij