Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालोपुलमा गोली चल्यो, एक घाइते


  • शुक्रबार, मंसिर २१ २०७५

  • कालोपुलमा गोली चल्यो, एक घाइते

    काठमाडौं– काठमाडौँको कालोपुलमा गोली हानाहान भएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।
    लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।
    लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ । उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
    यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij