काठमाडौं– प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् ।
उनले विवादित संस्था यूपीएफले आयोजना गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी गरे ।
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
