Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रकम लुटपाट गर्ने ४ जना पक्राउ


  • शुक्रबार, मंसिर १४ २०७५

  • रकम लुटपाट गर्ने ४ जना पक्राउ

    जनकपुर -धनुषाको जनकपुरधाम उप–महानगरपालिकाको विभिन्न वडाबाट लुटपाटको रकमसहित ४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको नगराईन नगरपालिका – ६ बस्ने २१ वर्षीय अमित कुमार मण्डल, सोही स्थानका २२ वर्षीय अशोक कुमार मण्डल, नगराईन नगरपालिका – ७ बस्ने २४ वर्षीय ललित दास र सोही नगरपालिका – ६ बस्ने २६ वर्षीय राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका व्यक्तिहरुको साथबाट लुटिएको १७ हजार रुपैयाँ, २ थान मोबाईल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    धनुषा जिल्लाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिकाको देवडिहा नवटोलीको फुलबारीमा फुल्गामाबाट मेला हेरी फर्किने क्रममा उनीहरुले मोटरसाईकमा रहेका जनकपुर उप–महानगरपालिका– १६ बस्ने रुपेश कुमार मण्डल र पुन्नुकुमार ठाकुरको मोटरसाईकल रोकी लुटपाट गरेको थिए ।

    पक्राउ परेका ४ जनालाई धनुषा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

    त्यस्तै सिरहा जिल्लाको सिमावर्ती क्षेत्र बरियारपट्टीबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको बरियारपट्टि गाउँपालिका – १ वडहरिस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको स४प ६७९२ न. मोटरसाईकल चेकजाँचको क्रममा सिटमुनि लुकाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका – २ बस्ने २१ वर्षीय मोहम्मद मुर्तुजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिरहाको प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले डाईलेक्स डिसि १००, २४ बोतल करेक्ससहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij