Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ जना घाइते


  • बिहिबार, कार्तिक २० २०८३

  • जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ जना घाइते

    बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
    गए राति करिब ८ :०० बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ७ जना सवार रहेकोमा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो।
    उपचारका क्रममा राति ८:३५ बजे जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष ३५ की सुना मंगोलाको मृत्यु भएको छ ।
    घाइतेहरूको विवरणः
    १. जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष २२ की सोमनी मंगोला — भित्री चोट, अवस्था मध्यम ।
    २. सोही स्थान बस्ने वर्ष ११ का अविनास राम लुहार ( खुट्टामा चोट, अवस्था मध्यम) ।
    ३. सोही स्थान बस्ने वर्ष १६ का निरज बस्केल ( टाउको र ढाडमा चोट, अवस्था मध्यम) ।
    ४. सोही स्थान बस्ने वर्ष २४ का करन सिंह मंगोला ( सामान्य चोट, अवस्था सामान्य) ।
    ५. सोही स्थान बस्ने वर्ष २२ का सुनिल बस्केल ( टाउको र दायाँ खुट्टामा चोट, अवस्था सामान्य) ।
    ६. सोही स्थान बस्ने जिप चालक वर्ष ३६ का सन्तोष राम लुहार ( टाउकोमा चोट, अवस्था मध्यम) ।
    घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij