काठमाडौं । नेपाली कांग्रेसका नेता रामप्रसाद न्यौपानेले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत प्रदेश ‘क’ को सभापतिमा उमेद्धारी घोषणा गरेका छन् ।
क्षेत्र नं. ५ अन्तर्गत प्रदेश ‘क’ को अधिवेशन आगामी असोज १० गते शनिबार हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ को २ पटक इकाई सभापति रहेका न्यौपानले सभापतिमा उम्मेदवार दिने घोषणा गरेका हुन् । पार्टी भित्र लोकप्रिय छवि बनाएका न्यौपाने सामाजिक क्रियाकलापमा समेत सक्रिय छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
