Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चर्चा गरिए जस्तो समाधानउन्मुख छैन, कांग्रेस विवाद


  • सोमबार, भाद्र २२ २०८३

  • चर्चा गरिए जस्तो समाधानउन्मुख छैन, कांग्रेस विवाद

    काठमाडौं – नेपाली कांग्रेस भित्रको विवाद वाहिर चर्चा गरिए जस्तो समाधानउन्मुख नभएको देखिएको छ । संस्थापन इतर पक्षका नेताहरुले वाहिर चर्चा गरिए जस्तो विवाद समाधान तर्फ अघि नबढेको बताए । मध्य भागमा रहेका नेता डा . शेखर कोइराला र सभापति गगन थापा विच सम्वाद भएको र समाधानको कुनै पहल नभएको सोमवार काठमाडौंमा भएको संस्थापन इतर पक्षका नेताहरुले बताए । संस्थापन पक्ष पार्टी एक बनाउँन गम्भिर नभएकाले उनीहरुको भनाई छ ।
    सम्वादका नाममा नेताहरु तान्ने, समय घर्काउने तर समग्र पार्टी एकता भने नगर्ने पक्षमा संस्थापन पक्ष रहेको धारणा सहभागी नेताहरुले व्यक्त गरेका थिए । क्षेत्रपाटीमा आयोजित भेलामा संस्थापन इतर पक्षका केन्द्र देखि क्षेत्र तह सम्मका नेता कार्यकर्ता सहभागी थिए ।
    संस्थापन इतर पक्ष पनि १५ औं महाधिवेशन गर्ने तयारीमा जुटेको छ । उसले महाधिवेशन अघि नै भातृ संस्थाहरु गठन गर्ने तयारी थालेको छ ।
    अदालतले आधिकारिकता पुनरावलोकन गर्ने अनुमति दिएकाले फैसला आफ्नो पक्षमा आउँन सक्ने निष्कर्ष संस्थापन इतर पक्षको छ । उता संस्थापन पक्षले पार्टीको वडा अधिवेशन असोजको पहिलो साता सम्मलाई सारेको छ । क्रियाशिल सदस्यताका सम्बन्धमा समेत पुरानालाई पनि महाधिवेशनमा सहभागी गराउँने निति लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij