काठमाडौ – नेपाली कांग्रेस र नेकपा एमालेले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई राजिनामा गर्न लगाएर नयाँ सरकार गठन गर्ने तयारी थालेका छन् । प्रदेश सरकारहरुलाई नयाँ ढंगवाट संचालन गर्न सातै प्रदेश सरकार विदाई गरी नयाँ सरकार गठन गर्ने वारे कांग्रेस र एमाले विच समझदारी जुटेको उच्च स्रोतले बतायो ।
प्रदेश सरकारले बजेट निर्माणमा देखाएको भद्गोल, कार्यशैली र आन्तरिक खिचातानी बढेकाले सातवटै प्रदेश सरकारका मुख्य मन्त्रीहरू को राजिनामा मागेर नयाँ सरकार बनाउँने गरी काम अघि बढाइएको हो । सात प्रदेश मध्य ३-३ वटामा कांग्रेस र एमालेको नेतृत्व र एउटामा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ । असार महिना वा साउनको पहिले साता सम्म मुख्यमन्त्रीहरुको राजिनामा माग्ने र नयाँ सरकार गठन गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
