Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल टेलिभिजनमा ठूलो भ्रष्टाचारको आशंकामा छानविन समिति गठन


  • बुधबार, असार ३ २०८३

  • नेपाल टेलिभिजनमा ठूलो भ्रष्टाचारको आशंकामा छानविन समिति गठन

    काठमाडौं – सरकारले नेपाल टेलिभिजनमा उपकरण खरिद र स्याटालाईट खरिदमा भ्रष्टाचार भएको आशंकामा छुट्टाछुट्टै दुई वटा समिति गठन गरेको छ ।
    समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनिएको छ।

    छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो÷भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको छ । यी विषयमा अख्तियार सहित विभिन्न निकायमा गुनासो तथा उजुरी छन्।

    स्याटेलाइट खरिदमा ठूलो भ्रष्टाचार भएको आशंकामा मन्त्रालयले डा. आभाष मास्केको संयोजकत्वमा गठन गरेको समितिको सदस्यमा उमेश रुपाखेती, टीकाराम कार्की र नवीनकुमार मिश्र छन् ।

    स्याटेलाइट खरिद्‌मा ठूलो रकम भ्रष्टाचार भएको भन्दै केही वर्ष अघि अख्तियारमा उजुरी परेको थियो । तर नेकपा एमालेको चर्को दवावमा प्रमुख आयुक्त प्रेम राइले छानविन रोकेका थिए । त्यसै गरी सामग्री खरिदमा समेत चर्को भुष्टाचार भएको सुचना पछि सुचना तथा प्रशारण मन्त्रालयले डा. सुदिप भट्‌टाइको संयोजकत्वमा समिति गठन गरेको छ । समितिलाई २१ दिनको समय दिइएको छ ।
    समितिले दोषी देखाए थप अनुशन्धान र कारवाहीको लागी अख्तियार पठाउने सरकारको तयारी छ ।
    नेपाल टेलिभिजनमा लामो समय देखि पत्रकारिता पृष्ठभूमिका व्यक्तिहरु नेतृत्वमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij